आइतबार, माघ २३, २०७८
मा प्रकाशित
0
Shares
बर्दिया, माघ २३ (फरकसमाचार) / जिल्लामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ५ सय ७५ पुगेको छ । सक्रिय संक्रमित सबै होम आईसोलेसनमा रहेका छन् ।
यसैगरी आइतबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० महिला र ५ पुरुषमा संक्रमण पुष्टि भएको हो । जिल्लामा कोरोना संक्रमणको तेस्रो लहर सुरु भएसंगै संक्रमितको संख्या ९ हजार २ सय ५९ पुगेको छ ।
संक्रमण मुक्त हुनेको संख्या ८ हजार ४ सय ३८ पुगेको छ । जिल्लामा कोरोना संक्रमणले मृतकको संख्या २ सय ४६ पुगेको छ । कोभिड–१९ बिरुद्ध जिल्लामा ३ लाख ३७ हजार ५ सय २३ जनालाई पहिलो, २ लाख ७३ हजार ३ सय १४ जनालाई दोस्रो र १० हजार २ सय ३ जनालाई तेस्रो डोजको खोप लगाईएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।