बर्दिया,माघ २५ (फरकसमाचार) /मोटरसाईकल चोरी प्रकरणमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । चोरी भएको मोटरसाईकलको वास्तविक नम्बर प्लेट परिर्वतन गरी चलाईरहेको अवस्थामा प्रहरीले चेकजाँच गर्ने क्रममा फेला पारेको हो । गत कात्तिक ५ गते राती बारबर्दिया नगरपालिका–३ महेश चौधरीको घरबाट मोटरसाईकल चोरी भएको थियो । भे ७ प ६६२५ नम्बरको कालो रङको १ सय २ सिसिको प्लाटिना मोटरसाईकल चोरी भएको चौधरीले ईलाका प्रहरी कार्यालय बानियाभारमा जानकारी गराएका थिए ।
मोटरसाईकल चोरी भएको जानकारी पाउनसाथ प्रहरीले चासो देखाएर खोजतलास ग¥र्यो । तर,चोरी भएको मोटरसाईकल प्रहरीले तत्काल फेला पार्न सकेन । कारण चोरी भएको मोटरसाईकलको वास्तविक नम्बर प्लेट परिर्वतन गरिएको थियो । प्रहरीको खोजतलासको निरन्तरताले चोरी भएको मोटरसाईकल करिब चार महिनाको अन्तरालमा फेला परेको छ । प्रहरीका अनुसार मोटरसाईकल चोरी गर्ने गिरोहले वास्तविक नम्बर परिर्वतन गरी चलाएको खुलेको छ ।
प्रहरीले खोजतलासको क्रममा शुक्रबार मोटरसाईकल सहित चोरी गर्ने गिरोहलाई पक्राउ गर्न सफल भएको छ । मोटरसाईकलको भे ४ प ३१२४ नक्कली नम्बर प्लेट राखी बारबर्दियाका नगरपालिका–२ का बिशाल थापाले चलाएका थिए । प्रहरीको अनुसार मोटरसाईकल चोरी गरी आफुखुसी नम्बर प्लेट राखी चलाएका थिए ।
मोटरसाईकल चोरी प्रकरणमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिई सकेको छ । पक्राउ पर्नेमा बारबर्दिया नगरपालिका –२ का बिशाल थापा, बिक्रम विश्वकर्मा, सुरेन्द्र बिक र सागर परियार रहेका छन् । पक्राउ परेका चारै जनालाई नियन्त्रणमा लिई चोरी कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिए ।