मङ्गलबार, माघ २५, २०७८
मा प्रकाशित
0
Shares
काठमाडौं, माघ २५ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट आवश्यक कागजातविना निर्यात गर्न लागिएको करिब तीन किलो शिलाजितसहित काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-६ का २१ वर्षीय अनिल बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ ।
कार्गो कम्प्लेक्सको एक्सपोर्टतर्फको एक्सरे एरियामा प्रहरीले स्क्रिनिङ गर्ने क्रममा आवश्यक कागजातविना निर्यात गर्न लागिएको अवस्थामा शिलाजित बरामद गरिएको हो । बरामद गरिएको शिलाजितसहित ढुवानीमा संलग्न रहेको आरोपमा बुढाथोकीलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
यसबारे थप अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरण पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।अनलाइनखबरबाट साभार