माघ २५ / चितवन राष्ट्रिय निकुञ" />
चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मृत भेटियो
मङ्गलबार, माघ २५, २०७८ मा प्रकाशित

चितवन,माघ २५ / चितवन राष्ट्रिय निकुञ्जको बाघमारा पोष्ट नजिकै काभ्रेताल छेउमा अन्दाजी दुई वर्षको गैँडा मृतावस्थामा फेला परेको छ ।

बाघको आक्रमणबाट गैँडा मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

गैँडाको खुर सुरक्षित रहेको र  उमेरका कारण खाग पलाउने अवस्था नरहेको उनले बताए । निकुञ्जमा चालू आर्थिक वर्षमा दुई चोरी सिकारी र २२ प्राकृतिक कारणले गैँडा मरेका छन् । रासस

प्रतिक्रिया

सम्बन्धित खवर