माघ २५/बूढीनन्दा नगपालिकाम" />
बँदेलको आक्रमणबाट १५ वर्षीय किशोरको मृत्यु
मङ्गलबार, माघ २५, २०७८ मा प्रकाशित

बाजुरा, माघ २५/बूढीनन्दा नगपालिकामा जङ्गली बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बूढीनन्दा–३ चोलुका १५ वर्षीय सुरेन्द्र विष्ट रहेका छन् । सोमबार दिउँसो छाप्रा डोरा सामुदायिक वनमा बाख्रा चराउन गएका बेला उनलाई बँदेलले आक्रमण गरी घाइते बनाएको थियो ।

घाइते विष्टको प्राथमिक स्वास्थ्यचौकी कोल्टीमा लैजानेक्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए । रासस

प्रतिक्रिया

सम्बन्धित खवर