मङ्गलबार, माघ २५, २०७८
मा प्रकाशित
0
Shares
बर्दिया, माघ २५ (फरकसमाचार) / जिल्लामा थप ३१ जनामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको छ । १८ महिला र १३ पुरुषमा संक्रमण पुष्टि भएको हो । जिल्लामा कोरोना संक्रमणको तेस्रो लहर सुरु भएसंगै संक्रमितको संख्या ९ हजार ३ सय ४४ पुगेको छ । संक्रमण मुक्त हुनेको संख्या ८ हजार ८ सय ५ पुगेको छ ।
२ सय ९३ जनामा भाइरस सक्रिय रहेको छ । सबै सक्रिय संक्रमित होम आईसोलेसनमा छन् । जिल्लामा कोरोना संक्रमणले मृतकको संख्या २ सय ४६ पुगेको छ ।
कोभिड–१९ बिरुद्ध जिल्लामा ३ लाख ३९ हजार ७ सय ७० जनालाई पहिलो, २ लाख ८१ हजार ३ सय ५९ जनालाई दोस्रो र १० हजार ४ सय ५६ जनालाई तेस्रो डोजको खोप लगाईएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।