बाँके, माघ २७ / मुगुका सांसद मोहन बानियाँबिरुद्ध जुम्लाकी एक महिलाले बलात्कार गरेको आरोप लगाएकी छिन् । नेपालगञ्जस्थित अप्सरा होटलमा बोलाएर बनियाँले आफुलाई बलात्कार गरेको ती महिलाको आरोप छ ।
बलात्कारको आरोपमा महिलाले दिएको जाहेरी बिहीबार दर्ता गरिने जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी मधुसुदन न्यौपानेले बताए । नेकपा एमालेका सांसद बनियाँ पूर्वमन्त्री हुन् ।
बनियाँले जुम्लाकी महिलासँग २५ लाख रुपैयाँ लिएका थिए । सो पैसा फिर्ता लिन महिलालाई उनले नेपालगञ्जमा बोलाएका थिए । सो होटलमा पहिले चेक दिएको र बलात्कारपछि चेक खोस्न खोजेको पीडितको आरोप छ । होटलमा उनीहरुको बिचमा चेक तानातान भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । शिक्षिका समेत रहेकी पीडित महिला माओवादी निकट हुन् । रातोपाटीबाट साभार