बिहिबार, माघ २७, २०७८
मा प्रकाशित
0
Shares
बर्दिया, माघ २७ (फरकसमाचार) / जिल्लामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २ सय ४५ पुगेको छ । सक्रिय संक्रमित सबै होम आईसोलेसनमा रहेका छन् ।
बिहीबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ महिला र ६ पुरुषमा संक्रमण पुष्टि भएको हो । जिल्लामा कोरोना संक्रमणको तेस्रो लहर सुरु भएसंगै संक्रमितको संख्या ९ हजार ४ सय १३ पुगेको छ ।
संक्रमण मुक्त हुनेको संख्या ८ हजार ९ सय २२ पुगेको छ । जिल्लामा कोरोना संक्रमणले मृतकको संख्या २ सय ४६ पुगेको छ । कोभिड–१९ बिरुद्ध जिल्लामा ३ लाख ४० हजार ६ सय ८४ जनालाई पहिलो, २ लाख ८४ हजार ३ सय ९५ जनालाई दोस्रो र १० हजार ५ सय ९५ जनालाई तेस्रो डोजको खोप लगाईएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।