बर्दियामा सक्रिय संक्रमितको संख्या २३० पुग्यो
शुक्रबार, माघ २८, २०७८ मा प्रकाशित

बर्दिया, माघ २८ (फरकसमाचार) / जिल्लामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २ सय ३० पुगेको छ । सक्रिय संक्रमित सबै होम आईसोलेसनमा रहेका छन् ।

शुक्रबार थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ महिला र १४ पुरुषमा संक्रमण पुष्टि भएको हो । जिल्लामा कोरोना संक्रमणको तेस्रो लहर सुरु भएसंगै संक्रमितको संख्या ९ हजार ४ सय ४४ पुगेको छ ।

संक्रमण मुक्त हुनेको संख्या ८ हजार ९ सय ६८ पुगेको छ । जिल्लामा कोरोना संक्रमणले मृतकको संख्या २ सय ४६ पुगेको छ । कोभिड–१९ बिरुद्ध जिल्लामा ३ लाख ४० हजार ९ सय ४१ जनालाई पहिलो, २ लाख ८५ हजार २ सय ६९ जनालाई दोस्रो र १० हजार ७ सय ८४ जनालाई तेस्रो डोजको खोप लगाईएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर