बर्दिया,फागुन १ (फरकसमाचार)/ नेपाल स्वयंसेवी रक्तदाता समाज गुलरिया नगर कार्यसमितिको अध्यक्षमा बामदेव ज्ञावली चयन भएका छन् । शनिबार गुलरियामा भएको भेलाले ज्ञावलीसहित ११ जनाको कार्यसमिति सर्वसहमत चयन गरेको हो ।
गुलरिया नगरपालिका–४ का बामदेव ज्ञावली अध्यक्षमा, वडा नम्बर ७ का अफ्जल खान उपाध्यक्षमा, वडा नम्बर ७ का महेमुद सिद्दिकी सचिवमा र वडा नम्बर ६ की सुजता सिङखडा कोषाध्यक्षमा सर्वसहमत चयन भएका छन् । त्यसैगरी सदस्यमा वडा नम्बर १ की बद्री भण्डारी, वडा नम्बर ३ का कृतिनाथ गोडिया, वडा नम्बर ५ का लक्ष्मण ज्ञावली, वडा नम्बर ९ का सन्तोष बहादुर शाही, वडा नम्बर १० का गया प्रसाद थारु, वडा नम्बर ११ का आर्यान बालमिकी र वडा नम्बर १२ का जैलुदिन गद्दी रहेका छन् ।
जिल्लामा सात वटा पालिकामा नगर कार्यसमिति चयन भईसकेको नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला कार्यसमितका अध्यक्ष प्रेम प्रसाद लम्सालले बताए । ‘जिल्लाका सबै पालिकामा नगर कार्यसमिति चयन गर्न सफल भएको बर्दिया पहिलो जिल्ला भएको छ’ जिल्ला अध्यक्ष लम्सालले भने,‘हामी छोटो अवधिमा जिल्लाका सबै पालिकामा नगर कार्यसमिति गठन गर्न सफल भएका छौं ।’ जिल्लामा रक्तको अभावमा कोहीको ज्यान नजाहोस् भन्ने अभिप्रायले निस्वार्थ रुपमा रक्त संकलन गरी रक्त आवश्यक पर्ने सेवाग्राहीलाई उपलब्ध गराउने काम गरिरहेको सुनाए ।
यो कर्म पुण्यको कर्म हो । यस अभियानमा सम्पुर्ण जिल्लावासीको सहयोग रहने उनले विश्वास व्यक्त गरे । ‘स्वस्थ्य व्यक्तिले रक्तदान गर्नु पर्छ’ उनले भने,‘त्यसको लागि आफु स्वस्थ्य रहन जरुरी छ ।’ विषेश गरी युवाहरु यसमा ध्यान दिनु पर्छ । आफुले रक्तदान गर्न आफु स्वस्थ्य रहन कुलतमा नलाग्न आग्रहसमेत गरे । उनले बर्दियामा सबै भन्दा बढी ५९ पटक रक्तदान गरिसकेका छन् ।