फागुन ३ / प्रधानमन्त्री शे" />
काँग्रेस बैठक बीचमै प्रधानमन्त्रीको सभामुखलाई फोन !
मङ्गलबार, फागुन ०३, २०७८ मा प्रकाशित

काठमाडौं, फागुन ३ / प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसको संसदीय दलको बैठक बीचमै सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर कार्यव्यवस्था कार्यव्यवस्था समितिको बैठक बोलाउन आग्रह गरेका छन् । भोलिका तय भएको प्रतिनिधि सभाको बैठक बस्न अघि कार्यव्यवस्था समितिको बैठक बस्ने सुरसार नदेखिएपछि काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले सभामुखलाई फोन नै गरेर बैठक बोलाउन आग्रह गरेका हुन् ।

भोलि बस्ने प्रतिनिधि सभा बैठकमा सरकारले एमसीसी प्रस्ताव टेबल गर्ने तयारी गरेको छ । कार्यव्यवस्था समितिको बैठक नबसे संसद् सचिवालयले प्रतिनिधि सभाको सम्भावित कार्यसूची तय गर्नेछ । त्यसरी तयार गरिने कार्यसूचीमा ‘एमसीसी’ पर्ने नपर्ने टुंगो नहुने भएपछि देउवाले सभामुखलाई फोन गरेको बैठकमा सहभागी एक सांसदले बताए ।

यता, कानुनमन्त्री दिलेन्द्र प्रसाद बडुले पनि मंगलबार नै सभामुख सापकोटालाई कार्यव्यवस्था समितिको बैठक बोलाउन आग्रह गरेका छन् । सो बैठकमा एमसीसीको कुरा उठाउने आफूहरुको तयारी रहेको बडुले बताए । उता, सभामुख सापकोटाले पनि दलहरुबीच सहमति भए आफूले एमसीसी टेबल गर्न नरोक्ने बताइसकेका छन् ।रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर