बर्दिया अस्पतालका मेसु पाण्डे र सर्जन डा.उपाध्याय विभूषित
बुधबार, फागुन ०४, २०७८ मा प्रकाशित

बर्दिया, फागुन ४ (फरकसमाचार) / बर्दिया अस्पतालका मेसु डा. सुभाष पाण्डे र जनरल सर्जन डा. विजय उपाध्यायलाई लुम्बिनी प्रदेश सरकारले विभूषित गरेको छ ।

लुम्बिनी प्रदेश सरकारले स्थापना दिवसको अवसरमा मंगलबार १० वटा विधामा ५७ जनालाई विभूषित गरेको छ । प्रदेश राजधानी दाङको भालुवाङमा एक कार्यक्रमको आयोजना गरी विभूषित व्यक्तिहरुलाई प्रदेश प्रमुख अमिक शेरचनले पदक प्रदान गरेका हुन् । बर्दिया अस्पतालका मेसु डा.पाण्डे र उनकी धर्मपत्नि नेपालगंज मेडिकल कलेजमा कार्यरत स्त्री रोग विशेषज्ञ कविता सिन्हा विभूषित भएका छन् । विभूषित भएका चिकित्सक दम्पती चिकित्सकिय सेवा दिन अब्बल छन् ।

बर्दिया अस्पतालका मेसु डा. पाण्डेले कोरोना संक्रमितको उपचारमा चिकित्सकिय एवम् ब्यबस्थापकिय रुपमा बिशेष योगदान पु¥याई संक्रमितहरुको उपचारमा सहज बनाए वापत प्रदेश सरकारले उनलाई विभूषित गरेको छ । मेसु पाण्डेलाई प्रदेश सेवा पदक‘ख’बाट विभूषित गरेको छ । त्यसैगरी उनकी धर्मपत्नि डा.सिन्हाले काठमाडौं उपत्यका बाहिर पहिलो पटक कोभिड–१९ संक्रमित प्रसुतिको शल्यक्रियाका साथै प्रसुतिहरुको सफल उपचार गरे वापत समाजसेवा श्री पदकबाट विभूषित गरेको छ ।

यसरी मेसु पाण्डेको दम्पती चिकित्सकिय सेवा गरेर चर्चा पाईरहेका छन् । बर्दिया अस्पतालमा कार्यरत जनरल सर्जन डा. उपाध्यायलाई प्रदेश सरकारले प्रदेश सेवा पदक ‘ख’ प्रदान गरेको छ । कोरोना संक्रमणकालको समयमा चिकित्सकिय सेवालाई प्राथमिकतामा राखी सेवा प्रदान गरे वापत प्रदेश सरकारले उच्च मुल्यांकलन गर्दै विभुषित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर