बिहिबार, फागुन ०५, २०७८
मा प्रकाशित
0
Shares
बर्दिया, फागुन ५ (फरकसमाचार) / जिल्लामा थप २५ जनामा बिहीबार कोरोना संक्रमण पुष्टि भएको छ । १९ महिला र ६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
जिल्लामा कोरोना संक्रमणको तेस्रो लहर सुरु भएसंगै संक्रमितको संख्या ९ हजार ५ सय ११ पुगेको छ । संक्रमण मुक्त हुनेको संख्या ९ हजार १ सय ६६ पुगेको छ । ९८ जनामा भाइरस सक्रिय रहेको छ । सबै सक्रिय संक्रमित होम आईसोलेसनमा छन् । जिल्लामा कोरोना संक्रमणले मृतकको संख्या २ सय ४७ पुगेको छ ।
कोभिड–१९ बिरुद्ध जिल्लामा ३ लाख ४१ हजार ७ सय ४२ जनालाई पहिलो, २ लाख ८७ हजार १ सय २७ जनालाई दोस्रो र ११ हजार ३ सय ८१ जनालाई तेस्रो डोजको खोप लगाईएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।