साना किसानको नमुना शीत भन्डार थापाको कार्यकालमा निर्माण
शुक्रबार, फागुन ०६, २०७८ मा प्रकाशित

बर्दिया, फागुन ६(फरकसमाचार) / साना किसान कृषि सहकारी सस्थाले नमुना शीत भन्डार निर्माण गरेको छ । अध्यक्ष धर्मराज थापाको पालामा भएको शीत भण्डार निर्माण कार्यले स्थानिय खुशी छ्न ।

सानोश्री सानाकिसान कृषी सहकारी संस्था लिमिटेडले २ करोड ३० लाखको लगानीमा शीतभण्डार निर्माण गरेको हो । जसमा ७० प्रतिशत लुम्बिनी प्रदेश भुमि व्यवस्था तथा सहकारी मन्त्रालयको र ३० प्रतिशत सानोश्री सानाकिसान कृषी सहकारी संस्था लिमिटेडको लगानी रहेको छ ।

आलु भण्डारका लागि निर्माणका गरिएको शीतभण्डारको पूर्व उद्योग तथा वाणिज्य आपुर्ती राज्य मन्त्री विमला विक, प्रदेश सभा सदस्य कुल प्रसाद पोखरेल र मधुवन नगरपालिकाका नगर प्रमुख गणेश बहादुर केसीले संयुक्त रुपमा उद्घाटन गरे । शितभण्डारको क्षमता दुई सय मेट्रिकटन रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर