भारतीय नागरिकमा कोरोना पुष्टि हुँदा नेपाल प्रवेशमा रोक
सोमबार, फागुन ०९, २०७८ मा प्रकाशित

बर्दिया, फागुन ९ (फरकसमाचार) / सुरजपुर मुर्तिहा नाका भएर नेपाल आउन लागेका भारतीय नागरिकमा कोरोना पुष्टि हुँदा नेपाल प्रवेशमा रोक लगाईएको छ ।

गुलरिया नगरपालिका–८ आशापुरमा विवाहमा आउन लागेका नौ जना भारतीय नागरिकमा एन्टिजेन परीक्षण गर्दा एक जनामा कोरोना पोजेटिभ देखिएको हो । सोमबार विवाहमा सहभागि हुन आउँदा गुलरिया नगरपालिकाबाट खटिएका स्वास्थ्यकर्मीले सुरजपुर सिमामा रहेको हेल्थ डेक्समा परीक्षण गर्दा नौ जना मध्ये २५ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

युपी ४० एएम २५४८ नम्बरको भारतिय बलेरो गाडीमा संक्रमितसहित नौ जना सवार रहेका थिए । उनीहरु बलेरो चढेर आशापुरमा विवाहमा सहभागि हुन आउन लागेको सशस्त्र प्रहरी बल नम्बर ३१ गण हेड क्वाटर बर्दियाका सशस्त्र प्रहरी नायव उपरीक्षक गोबिन्द केसीले जानकारी दिए । भारतीय नागरिकमा संक्रमण पुष्टि भएपछि प्रहरीले नेपाल प्रवेशमा रोक लगाई फिर्ता पठाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर