बाघको आक्रमणबाट महिलाको मृत्यु
बुधबार, फागुन ११, २०७८ मा प्रकाशित

बर्दिया, फागुन ११ (फरकसमाचार) / बर्दिया राष्ट्रिय निकुञ्ज नजिकै पाटे बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका– ४ सैनवारकी ४१ वर्षीया लिलि थारुको मृत्यु भएको हो ।

मंगलबार राति ८ बजेर ३० मिनेटको समयमा घर नजिकै रहेको बंगुरलाई चारो दिन जाने बेलामा बाघले आक्रमण गरेको थियो । महिलालाई बाघले आक्रमण गर्दा चिच्याएपछि स्थानीयले थाहा पाएका थिए ।

स्थानीयले होहल्ला गरी बाघ भगाउन सके तर लिली लाई बचाउन सकेनन् । बाघले आक्रमण गरी गम्भिर घाईते बनाएको महिलालाई स्थानीयले उपचारको लागि भुरिगाउँ स्थित असिम अस्पताल पु¥याउदा पु¥याउँदै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । बाघले मृतक महिलाको आधा खुट्टा, हात खाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर