बर्दिया, फागुन १४ (फरकसमाचार) / एमसीसीको कारणले गर्दा देशको राजनीति अवस्था उथल पुथल भएको नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन मगरले बताएका छन् । गुलरिया नगरपालिकाले सामुदायिक विद्यालयका गत वर्ष एसइइ उत्तिर्ण गरेका छात्राहरुलाई साइकल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै शुक्रबार सभापति पुनले यस्तो बताएका हुन् ।
स्थानीय तहको निर्वाचन बैशाख ३० गते तोकिएको अवस्थामा एमसीसीको कारणले गर्दा देशको अवस्था उथल पुथल हुने अवस्था सिर्जना भएको पुनले बताए । ‘आजको परिस्थितिलाई मध्यनजर गरेर अघि बढने’ पुनले भने, ‘एमसीसी जस्ता धेरै प्रोजेक्टहरु आएका छन्, हामीले धेरै सहयोगहरु लिएका छौं, यो प्रोजेक्ट पनि एउटा सहयोग हो ।’
हामी बिकासमा अगाडी बढ्ने भन्दा राजनीति खिचातानीले गर्दा पछि पर्ने स्थिति आउँछ । जुन राजनितिक दल, अभियानताहरुले बिरोध गरेका छन् तिनिहरुले सोच्नु पर्ने बताए । नेपाली कांग्रेस जे भएपनि नेपालको बिकासका लागी दातृनिकायले दिएको सहयोग एमसीसी लगाएत अरु थुर्पै सहयोग लिई अगाडि बढने र त्यसलाई संरक्षण गर्ने पुनको भनाई थियो ।