अवैध काठ बरामद
शुक्रबार, फागुन २०, २०७८ मा प्रकाशित

बर्दिया, फागुन २० (फरकसमाचार) / प्रहरीले बेवारिसे अवस्थामा अवैध काठ बरामद गरेको छ । गुलरिया नगरपालिका–१ स्थितबाट प्रहरीले बेवारिसे काठ बिहीबार राति बरामद गरेको हो ।

सडक किनारमा बेवारिसे अवस्थामा रहेको काठलाई प्रहरीले बरामद गरि डिभिजन वन कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालयले जारी गरेको प्रेश विज्ञप्तीमा उल्लेख छ ।

साल जातको काठको गोलिया तीन थान २४ दशमलव चार क्युफिटसहित तीन वटा साईकल बरामद भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर