दल बहादुर सुनार
बर्दिया, फागुन २१ / लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठन नेपाल, बर्दियाको अध्यक्षमा शसिधरमणी अधिकारी सर्बसम्मत चयन भएका छ्न ।
शनिबार भएको दोस्रो जिल्ला अधिबेशनबाट अधिकारी सर्बसम्मत चयन भएका हुन् । लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठन नेपाल, बर्दियाका अध्यक्ष कृष्ण बहादुर क्षेत्रीको अध्यक्षतामा भएको अधिबेशन सम्पन्न भएको छ ।
कार्यक्रम उद्घाटन प्रमुख अतिथि तथा लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठन नेपालका केन्द्रिय सचिवालय सदस्य नेत्र प्रसाद सापकोटाले ब्यानर बाचन गरेर गरेका थिए । कार्यक्रमका बिशेष अतिथि नेकपा एमालेलेका केन्द्रिय सदस्य एवं बर्दिया जिल्ला इन्चार्ज लक्ष्मण ज्ञवाली रहेका थिए । बर्दिया जिल्लाका झन्डै ६० जना अपांगता भएका ब्यक्तिहरुको सहभागिता रहेको थियो । दोस्रो अधिबेशनबाट सशिधरमणी अधिकारीको अध्यक्षतामा १९ सदस्य जिल्ला समिति सर्बसम्मत चयन गरेको छ ।
जसमा उपाध्यक्षमा दिप बहादुर चन्द सचिवमा चिन्तामणि कडेल, सह सचीवमा महादेब धमाला, कोषाध्यक्षमा हुमकुमारी कडेल सदस्यहरुमा लक्षिरामभु चौधरी, श्याम कुमारी चौधरी, जगत गुरुङ, सुमन चौधरी, खडानन्द पौडेल, कमलेश कुमार चौधरी, लच्छु थारु, रमेश सिंङ भुल, राज कुमार चौधरी, चादनी चौधरी, प्रबिन चौधरी र गुड्डु मनिहार रहेका छन् ।
नब निर्वाचित समितिलाई कार्यक्रमका प्रमुख अतिथी सापकोटाले सपथ ग्राहण गराएका थिए । नेकपा एमाले जिल्ला कमिटी सचिव पदम ढकालले नब निर्वाचित समितीलाई बधाई तथा सफल कार्यकालको शुभकामना मन्तव्य राखेको संगठन बर्दियाले जनाएको छ ।