बर्दिया,फागुन २६ (फरकसमाचार) / जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक केन्द्रलाई प्रिन्टर हस्तान्तरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक केन्द्रको आयोजनामा लैगिक हिंसा न्युनिकरण संजाल समितिको बैठकमा बुधबार साथी संस्थाले प्रिन्टर हस्तान्तरण गरेको हो । लैगिक हिंसा न्युनिकरण संजालका संयोजक प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर शाहीको संयोजकत्वमा बैठक सम्पन्न भएको छ ।
हिंसा न्युनिकरणका लागि सचेतनामुलक कार्यक्रमलाई तिव्रता दिने बैठकमा विस्तृत छलफल गरिएको छ । हिंसा हुन नदिन स्थानीय स्तरमा गठन भएका निगरानी समुह र बालक्लवलाई सक्रिय बनाउने योजना संजालको रहेको छ । जिल्लामा महिला तथा बालबालिका सम्बन्धि काम गरिरहेका सरकारी तथा गैरसरकारी संस्था, नागरिक समाज संजाल लगायत प्रतिनिधिहरुको उपस्थितीमा हिंसा न्युनिकरणका लागि छलफल गरिएको थियो ।
महिला बालबालिका तथा जेष्ठ नागरिक केन्द्र सेललाई प्रिन्टर हस्तान्तरण गरेको साथी संस्था बाँकेका कार्यक्रम संयोजक कुलराज चौधरी बताए । हस्तान्तरण गरिएको प्रिन्टरको मुल्य रु ४० हजार रहेको जानकारी दिए । प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोग र साथी संस्था बाँकेको साझेदारीमा बर्दियाका चार पालिकामा ‘कोभिड–१९ महामारीमा बालबालिका तथा युवा विरुद्ध हुने यौन शोषण तथा बेचविखन रोकथाम परियोजना’ संचालन भईरहेको छ । गुलरिया नगरपालिका, मधुवन नगरपालिका, राजापुर नगरपालिका र बढैयाताल गाउँपालिकामा परियोजना संचालन छ ।