बेवारिसे अवस्थामा अवैध सामान बरामद
शनिबार, फागुन २८, २०७८ मा प्रकाशित

बर्दिया,फागुन २८ (फरकसमाचार)/ भारतबाट अबैध रुपमा ल्याई बेवारिसे अवस्थामा राखिएको सामान प्रहरीले बरामद गरेको छ । प्रहरीले विभिन्न ठाउँबाट जम्मा मुल्य रु ६५ हजार ९ सय २० बराबरको अबैध सामान बरामद गरेको हो ।

प्रहरी चौकी गणेशपुरबाट खटिएको प्रहरी टोलीले गुलरिया नगरपालिका–११ स्थितबाट बिहीबार मुल्य रु १४ हजार बराबरको लेडिज कपडा बेवारिसे अवस्थामा बरामद ग¥र्यो ।

बढैयाताल गाउँपालिका–८ कण्ठपुर स्थित नेपाल भारतको सिमाना नजिक बेवारिसे अवस्थामा राखिएको ४३ हजार ६ सय बराबरको अवैध सामान बरामद गरेको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । जसमा युरिया मल २५ बोरा, चिनी ३ बोरी, सुपरपावर सुर्ति ५० प्याकेट, डिउ २.२५ मिलि लिटरको ५५ बोटल, बिडी १० प्याकेट, लाल जबाब चुरन १८ प्याकेट, चारबोजी चुरन १० पोका, नमकिन ९ पोका बरामद भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

त्यसैगरी प्रहरी चौकी मथुराबाट खटिएको प्रहरी टोलीले गुलरिया नगरपालिका–१० स्थित सडक बाटोको छेउमा बेवारिसे अवस्थामा राखिएको सामान बरामद गरेको हो । बरामद गरेको अवैध सामानको मुल्य रु ८ हजार ३ सत २० उल्लेख छ । प्रहरीका अनुसार ताला २४ थान, साङला १२ थान, ढोकाको कब्जा ४० थान, तावा १२ थान, ढोकाको हत्था १२ थान, नटबोल्ट १० केजी बरामद भएको छ ।

बेवारिसे अवस्थामा बरामद भएको सामान कारवाहीको लागि राजापुर भन्सार कार्यालयमा बुझाएको प्रहरीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर