आइतबार, फागुन २९, २०७८
मा प्रकाशित
1269
Shares
बर्दिया, फागुन २९ (फरकसमाचार) / जिल्लामा २० जनामा कोरोना भाइरस सक्रिय रहेको छ । १५ महिला र ५ पुरुषमा भाइरस सक्रिय रहेको हो । सक्रिय संक्रमित होम आईसोलेसनमा रहेका छन् ।
आइतबार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा कोरोना संक्रमणको तेस्रो लहर सुरु भएसंगै संक्रमितको संख्या ९ हजार ६ सय ३९ पुगेको छ । संक्रमण मुक्त हुनेको संख्या ९ हजार ३ सय ७१ पुगेको छ ।
जिल्लामा कोरोना संक्रमणले मृतकको संख्या २ सय ४८ पुगेको छ । कोभिड–१९ बिरुद्ध जिल्लामा ३ लाख ४३ हजार ७ सय ४४ जनालाई पहिलो, २ लाख ९३ हजार १ सय ९९ जनालाई दोस्रो र ३० हजार ९ सय ३५ जनालाई तेस्रो डोजको खोप लगाईएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।