बाँसगढी र बारबर्दिया फाईनल खेल खेल्ने
मङ्गलबार, चैत ०१, २०७८ मा प्रकाशित

दलबहादुर सुनार
बर्दिया, चैत १ / सेमिफाईनल खेलमा बारबर्दियाले मधुवनलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ । बढैयातालमा संचालन भईरहेको तेस्रो पालिका स्तरी फुटवल प्रतियोगिताको सेमिफाईनल खेलमा सोमबार बारबर्दियाले मधुवनलाई पराजित गर्दै फाईनल खेलमा प्रवेश भएको हो । सेमिफाईनल खेलमा दुवै पालिका टिमले गोल गर्न गर्न नसक्दा खेल पेनाल्टीमा पुगेको थियो । पेनाल्टी खेलमा बारबर्दियाले दुईका विरुद्ध ३ गोल गर्दै बिजय भयो ।

सेमिफाइनल खेलमा बारबर्दियाका फगुराम थारु म्यान अफ द म्याच घोषित भएका छन् । म्यान अफ द म्याच घोषित भएका ढकालले नगद रु एक हजार पाँच सय पुरस्कार प्राप्त गरेका छन् । बुधबार बारबर्दिया नगरपालिका र बाँसगढी नगरपालिका बिच फाइनल खेल हुने आयोजक क्लवले जनाएको छ ।

‘यूवा र खेलकुदको विकास ः शान्ति र सद्भाबको आभाष’ भन्ने मुल नाराकासाथ फागुन २५ गते देखि फुटबल प्रतियोगिता भईरहेको छ । बढैयाताल गाउँपालिका–८ नयाँबस्तिमा मयुर युवा क्लबको खेलमैदानमा प्रतियोगिताको संचालन भईरहेको छ ।

फुटवल प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु १ लाख ५ हजार ५ सय ५५ र दोस्रो हुनेलाई ५५ हजार ५ सय ५५ ले पुरस्कृत गर्ने आयोजक क्लवले जनाएको छ ।

बढैयातालको आर्थिक सहयोगमा मयुर युवा क्लबको आयोजनामा, बर्दिया जिल्ला फुटवल संघ बर्दिया र कालिका सामुदायिक पुस्ताकालयको समन्वयमा सञ्चालन भएको प्रतियोगितामा बर्दियाका ८ वटै पालिकाको सहभागिता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर