बर्दिया, चैत ०२ (फरकसमाचार) / बाल संरक्षण तथा बाल संबेदनशिल रिपोटिङ्गमा संचारकर्मीको भुमिका सम्बन्धि संचारकर्मीलाई अभिमुखीकरण गरिएको छ । प्लान ईन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबको आयोजना र बारबर्दिया नगरपालिका–१० को समन्वयमा अभिमुखीकरण कार्यक्रम मंगलबार सम्पन्न भएको हो ।
बाल विवाह न्युनिकरण गर्न संचारकर्मीले कस्तो भुमिका खेल्नुपर्छ, बाल संरक्षणमा टेवा पुग्ने रिपोटिङ्ग कसरी गर्ने र बाल संवेदनशीलतालाई मध्यनजर गरी कसरी रिपोटिङ्ग गर्नेे विषयमा पत्रकार ठाकुरसिंह थारुले प्रशिक्षण गरेको थिए । बालबालिकाको रिपोरिङ्ग गर्दा कुनै किसिमको परिचय खुल्ने र तस्विर जस्ता कुरा समाचार सम्प्रेसण नगर्न संचारकर्मीलाई पटक पटक आग्रह गरेका थिए । यदि बालबालिकाको परिचय खुलाए,तस्विर समाचारमा राखे बालबालिकामा कुनै किसिमको नकारात्माक प्रभाव पर्न गए संचारकर्मीलाई पनि उजुरी लाग्ने जानकारी गराउदै बालबालिकाको संबेदनशिलतालाई मध्यनजर गरी रिपोटिङ्ग गर्न सुनाएका थिए ।
बाँके युनेस्को क्लबद्वारा बारबर्दिया नगरपालिकामा ‘बाल संरक्षण परियोजना’ संचालनमा छ । परियोजनाले बालबालिकाहरुलाई सुरक्षित राख्न विभिन्न किसिमको कार्यक्रम गर्दै आईरहेको छ । बाल विवाह रोक्न परियोजनाले बाल क्लवका पदाधिकारीहरुलाई क्षमता अभिबृद्धि सम्बन्धि तालिम दिइसकेको फिल्ड सुपरभाईजर जनक चौधरीले बताए । यस परियोजनाले बालविवाह मुक्त गर्न सहयोग पु¥याउने उनले विश्वास लिएका छन् ।
बारबर्दिया नगरपालिका–१० स्थित रहेको कुम्मर अड्डा योद्धाबेपत्ता पार्कमा भएको अभिमुखीकरण कार्यक्रममा २० जना संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।