बर्दिया, चैत २ (फरकसमाचार)/ फरकसमाचार राष्ट्रिय दैनिकमा प्रकाशित समाचारलाई लिएर मधुवन नगरपालिका–५ वडा कार्यालयले धम्की दिएको छ । गत शनिबारको अंकमा ‘मधुवन ५ को बदमासी, कामको श्री गणेश नहुदै भुक्तानीका लागी सिफारिस’ भन्ने शिर्षकमा समाचार प्रकाशित भएको थियो ।
कपोत कल्पित रुपमा प्रकाशित समाचारले चरित्र हत्या गरेका भन्दै मधुवन नगरपालिकाको ५ नम्बर वडा कार्यालयले बिज्ञप्ती जारीको गरेको छ । पदाधिकारी हस्ताक्षर गरेको बिज्ञप्तीमा मिति समेत राखिएको छैन ।
मिडिया हाउस ईगित गरी प्रेश बिज्ञप्ती रोष प्रकट गरिएको छ । चलानी नम्बर १६१९ र पत्र संख्या ०७८/७९ उल्लेख गरिएको प्रेश विज्ञप्तीमा मधुवन नगरपालिका–५का अध्यक्ष कर्ण बहादुर खड्का, सदस्य मिना वली, कमला देवी कामी, पदम बहादुर थापा, प्रविण विष्ट, वडा सचिव कृष्णा रावल र ओभरसियर रुद्र प्रसाद खड्काले हस्ताक्षर गरिएको विज्ञप्ती जारी भएको छ । प्रकाशित समाचारमा विकास निर्माणमा के कति काम भएको छ स्थलगत निरीक्षण गर्न च्यालेन्ज गरिएको छ । नेपालको चौथो अंग पत्रकारहरुको व्यवहारलाई सम्मान गर्दै अघि बढेको भन्दै घुमाई फिराई धम्की दिन खोजेको भाषा मार्फत भनिएको छ ।
प्रकाशित समाचारको खण्डन गर्न मधुवन वडा नम्बर ५ ले धम्की दिएको र नभएपनि कडा कारबाहीको लागि अघि बढने बिषय खुलाएको छ । खण्डन नगरे सम्बन्धित निकायमा कारवाहीको लागि धम्की दिई विज्ञप्ती जारी गरिएको छ । समाचार प्रमुख प्राथामिकताका साथमा काम नहुदै भुक्तानी माग गरेको खुलाएको थियो । यसरी मागिएको भुक्तानीलाई समाचारको बिषय बस्तु समेटिएको थियो । तर,वडा कार्यालय भुक्तानी मागेको कुरालाई स्वीकार गरेको छैन ।
समाचारमा संबाददाताले समाचार पुष्टि गर्न आरोप लागेका वडा अध्यक्ष खड्कालाई सोधिएको छ । समाचारमा भुक्तानीको बिषय स्वीकार्यका गरेका छैनन । प्रकाशित भ्रामक र कपोकल्पितको संज्ञा दिएपछि फरक समाचार राष्ट्रिय दैनिक मिडिया हाउसको ध्यानाकर्षण भएको छ ।