दिनेश ठाकुर
बारबर्दिया (बर्दिया), चैत ५ / बारबर्दिया–५ तर्कापुरकि बिना कुमारी थारुले आफ्नै गाउँ देख्दा आफै दंग पर्छिन् । गाउँ सफा राख्न उनी मात्र खटिदैनन कि छर छिमेकको गाउँ सफा राख्न तल्लिन देख्दा उनी आफैमा रमाउँछिन् ।‘ पहिला हाम्रो गाउँ यस्तो थिएन’उनले भनिन,‘ अहिले आमुल परिवर्तन भएको छ ।
अहिले सरसफाईमा आफ्नो गाउँ अगाडि देख्दा आत्म सन्तुष्टि मिलेको उनी बताउँछिन । घर आँगन नियमित सरसफाई गर्ने, दिसा पिसाब चर्पी प्रयोग गर्ने, चर्पी प्रयोग गरिसकेपछि साबुन पानीले राम्रोसंग हात धुने भाडाकुडा धोई सकेपछि च्याङमा सुकाएर मात्र भित्र राख्ने र धारा सफाई राख्ने लगाएतको बानीमा परिवर्तन भएको उनले सुनाईन् । सातामा एक दिन गरिने गाउँ र टोलमा हुने सामुहिक सफाईले गाउँ नै उज्यालो भएको उनको भनाई छ ।
गेरुवा ग्रामिण जागरण संघ र प्लान ईन्टर नेशनल नेपालको साझेदारीमा सबलिकृत समुदाय तथा उत्थानशिल परियोजना भित्रिए पछि सबैको घरमा सौचालय, भाडा सुकाउने च्याङ, सफा धारा तथा गाउमा सबैको सरसफाई गर्ने बानिको बिकास भएको बारबर्दिया ५ तर्कापुरका डक्टर प्रसाद थारुले बताए ।
प्लान ईन्टरनेशनल नेपाल र गेरुवा ग्रामिण जागरण संघको साझेदारीमा बारबर्दिया र ठाकुरबाबा नगरपालिकामा सबलिकृत समुदाय तथा उत्थानशिल परियोजनाले सन् २०२० सेप्टेम्बर देखि हालसम्म काम गर्दै आएको छ । बारबर्दिया नगरपालिकाको फत्तेपुर टोल र तर्कापुर टोलमा नियमित रुपमा कार्यक्रम संचालन भईरहेको छ । यस परियोजनाले समुदाय स्तरमा सामाजिक व्यवहार परिवर्तन हुदै आएको गेरुवा ग्रामीण जागरण संघकी कार्यक्रम संयोजक सुमित्रा पौडेलले बताईन । ‘परियोजना सफल पाएका छौ’उनले भनिन,‘ आफ्नो गाउँ आफै बनाउँ भन्ने अभिप्रायले सबै जना गोलबद्ध हुदा परियोजना सफल भयो ।’
बारबर्दिया नगरपालिकाले तर्कापुर टोललाई पूर्ण सरसफाइ उन्मुख टोल घोषणा यसअघि नै गरिसकेको छ । त्यसैगरी वडा नं. ४ फत्तेपुर टोल, ठाकुरबाबा नगरपालिकाको वडा नं ४ बाबनपुर र वडा नं. ५ खुनपुर टोलका प्रत्येक घरधुरीमा पनि खानेपानी, सरसफाई र स्व्चछताका न्यूनतम मापदण्ड पुरा भएकाले निकट भविष्यमा पूर्ण सरसफाई उन्मुख टोल घोषणा हुने उनले जानकारी दिईन ।
विद्यालयमा हेन्डबास स्टेसन, अपांग तथा बालमैत्री शौचालय र महिनावरी व्यवस्थापन कक्ष निर्माण भएदेखी स्कुले बिद्यार्थी खुसी छन् । बिद्यालय परिसरमा अत्याआवश्यक बस्तुमा भएको लगानीले सजिलो भएको भानुभक्तमाध्यमिक बिद्यालय कक्षा ८ मा पढ्ने बिद्या कार्कीले बताईन । उनका अनुसार बिद्यालयमा महिनावारी हुदा तथा छुटटै आराम गर्ने कोठा नहुँदा पहिला धरै अप्ठेरो हुने गरेको अहिले त्यो अवस्था छैन ।
महिनावारी हुदा रेष्ट गर्न पाउदा छात्रहरुलाई धेरै सहज भएको भानुभक्त माबिकी शिक्षिका शान्ता कुमारी खडकाले बताईन । महिनावारी हँुदा घर जानुपर्ने, बिद्यालय छोडनुपर्ने समस्या टरेको उनको भनाई थियो । बिद्यार्थीसंग आत्मियता बढेको, छात्राहरुले निर्धक्क भएर आफ्नो समस्या भन्न थालेका छन् ।
गेरुवा ग्रामिण जागरण संघ द्धारा बिद्यालयमा हेन्डवास बनेको ४ वटा सौचालयको मर्मत भएको, पानीको सुबिधा भएको बिद्यालयमा भएका ५ सय जना बिद्यार्थीलाई सहज भएको भानुभक्त माबिका प्रधानाध्यापक बताए ।
बिद्यालयमा धेरै कुराहरुको सुधार भएको सरस्वती माबिका प्रधानाध्यामक कुमार सापकोटाले बताए । बिद्यार्थीहरुलाई स्वच्छता संम्बन्धि हात धुने धाराको ब्यबस्था भएको छ, महिनावारी हुने छात्राहरुको लागी महिनावारी प्याड जहापायो त्यही फालेले त्यसले हुने समस्या समाधानका लागी प्याड बर्निङ मेसिनको ब्यवस्था भएको साथै अपाङमैत्रि सौचालय हुँदा सहज भएको उनले बताए ।
प्लान इन्टरनेस्नल नेपाल र गेरुवा ग्रामिण जागरण संघको साझेदारीमा विद्यालयस्तरमा ठाकुरबाबा नगरपालिकाको मालिका प्रावि, सुर्योदय प्रावि र बारबर्दिया नगरपालिकाको भानुभक्त मावि र सरस्वति माबिमा खानेपानी, सरसफाई तथा स्व्चछता साथै विपद व्यवस्थापनका बारेमा जनचेतना अभिवृद्धिका कार्यक्रमका साथसाथै विद्यालयमा हेन्डबास स्टेसन, अपांग तथा बालमैत्री शौचालय निर्माण, शौचालय मर्मत सम्भार र महिनावरी व्यवस्थापन कक्ष निर्माणम सहयोग र सहजीकरण गर्दै आएको छ । साथै बारबर्दिया नगरपालिकाको शान्ति आधाभुत बिद्यालयमा हेन्डबास स्टेसनको काम भैरहेको छ ।
सरस्वती माविमा शौचलय निर्माणमा रु १३ लाख ४६ हजार ५२ र हात धुने स्थानमा रु २८ लाख २० हजार ६१ रुपैयाको लागत र भानुभक्त माविमा रु २८ लाख लागत लागेको छ भने अरु थप लागतमा शौचालय मर्मत सम्भारको काम भैरहेको कार्र्यक्रम संयोजक पौडेलले जानकारी दिईन् ।