बर्दियामा म्यादी प्रहरीको भर्ना प्रक्रिया सुरु
आइतबार, चैत ०६, २०७८ मा प्रकाशित

गुलरिया(बर्दिया)चैत ६ (फरकसमाचार) / आगामी बैशाख ३० गते हुने चुनावको लागि आजदेखि म्यादी प्रहरीको भर्ना प्रक्रिया सुरु भएको छ । बैशाखमा हुने चुनाव चुस्तदुरुत सम्पन्न गर्न म्यादी प्रहरीको भर्ना प्रक्रिया सुरु भएको हो ।

बर्दिया जिल्लामा स्थानीय तहको निर्वाचन सम्पन्न गर्न १ हजार ५ सय ३९ जना म्यादी प्रहरीको भर्ना खोलिएको जिल्ला प्रहरी कार्यालयले निकालेको सुचनामा उल्लेख छ । म्यादी प्रहरीको भर्नाको लागि चैत ६ गतेदेखि ११ गतेसम्म आवेदन बुझाउने सकिने उल्लेख गरिएको छ । चैत १३ गते सम्पर्क मिति राखिएको छ । चैत १५ गतेदेखि चैत २२ गतेसम्म म्यादी प्रहरीको छनौट हुनेछ । छनौट भएका म्यादी प्रहरीलाई चैत २८ गतेदेखि तालिम दिने जिल्ला प्रहरी कार्यालय बर्दियाले जारी गरेको सुचनामा स्पष्ट गरिएको छ ।

१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले दरखास्त दिन सक्ने छन् । पूर्व नेपाली सेना, प्रहरी तथा विगतमा पनि म्यादी प्रहरीको अनुभवहरूलाई प्राथमिकतामा राखिने जनाइएको छ । म्यादी प्रहरीको कार्य अवधी ४० दिन रहने छ । त्यसका लागि मासिक रु ३० हजार २ सय ४० पारिश्रमिक निर्धारण गरिएको छ ।

पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरीले खाद्यान्नबापत ७ हजार २ सय, पोसाक र अन्य खर्च गर्ने गरी ६ हजार रुपैयाँ, यातायात खर्चबापत १ हजार र बीमा सुविधासमेत उपलब्ध गराइने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर