युवाको हातमा कुचो !
आइतबार, चैत ०६, २०७८ मा प्रकाशित

होलीको फोहोर युवा तथा सुरक्षाकर्मीले गरे ब्यवस्थापन

गुलरिया (बर्दिया)चैत ६ (फरकसमाचार) गुलरिया बजारमा शनिबार सकारै एक हुल युवा हातमा कुचो लिएर देखिए । युवाको हातमा कुचो देख्दा स्थानीय दंग भए । को हुन् । के गर्न थालेका हुन भन्ने कुरामा धेरैले चासो राखे । झै झगडामा हुल बाँधेर हिड्ने यूवा पिडि गुलरिया बजारको सरसफाईमा खटिदा अधिकांशले सकारात्मक रुपमा लिएका छन् । युवाको सरसफाई अभियानमा सारथी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी सारथी बनेका थिए ।

स्थानीय युवा र सुरक्षाकर्मीको सहभागितामा गुलरिया बजार सरसफाई गरिएको छ । होलीको फोहोर ब्यवस्थापन गर्न स्थानीय युवा तथा सुरक्षाकर्मीको समन्वयमा शनिबार बजार सरसफाई गरिएको हो । नयाँ शिरा युवा क्वलको आयोजना तथा नयाँ शिरा बहुउदेस्यीय सहकारी संस्था, बर्दिया क्रिक्रेट एकेडेमी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको समन्वयमा सरसफाई गरिएको छ ।

होली पर्व मनाउन स्थानीयहरु गुलरिया बजारमा जम्मा भई रंग अबिर लगाई नाँचगान गरि एकआपसमा खुसी साट्ने गर्छन् । गुलरिया बजारमा शुक्रबार भव्य रुपमा होली मनाउँदा रंग र अबिरका कागज प्लाष्टिकले बजार फोहोर भएको थियो । बजार क्षेत्रमा होलीको फोहोर ब्यवस्थापन गर्न सरसफाई अभियान गरिएको नयाँ शिरा युवा क्लवका अध्यक्ष प्रमोद चन्दले बताए । होलीको भोलि पल्ट बिहानै सवैको सहयोगमा सरसफाई गरिएको चन्दको भनाई छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले सरसफाई अभियानमा सहभागिता जनाएका थिए । नगर सरसरफाई अभियानमा युवा र सुरक्षाकर्मी सरिक भई अभियान सफल बनाएका छन् । सरसफाईमा सुरक्षाकर्मीले देखाएको चासो सुखद रहेको स्थानीयले प्रतिक्रिया दिएका छन् । सुरक्षाकर्मीले सुरक्षा दिनुका साथै धार्मिक तथा सामाजिक कार्यमा अग्रसरता देखाएको पाईएको छ ।

बिगतका दिनमा सामाजिक कार्यमा अग्रसर हुदै आएको नया शिरा युवा क्लवले पर्वको भोलि पल्ट विहानै सवैको सहकार्यमा सरसफाई गरेको देख्दा खुसि लागेको स्थानीयले बताएको छन् । होली पर्वमा बजार क्षेत्र धेरै फोहोर भएको थियो । आफ्नो ठाउँ आफै बनाउ भन्ने उद्देश्यले सरसफाईमा सहभागिता जनाएको माओबादी केन्द्र गुलरियाका नगर अध्यक्ष गहेन्द्र ढकालले बताए ।

युवा समुहले गरेको यो कार्य सह्रानिय रहेको स्थानीयले बताएका छन् । यो हाम्रो ठाउँ हो, यो हामी आफैले सफा राख्नुपर्छ भन्दै आफु पनि सरसफाईमा सहभागिता जनाएको गुलरिया नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष धर्मेन्द्र कुमार बानियाले बताए ।

नया शिरा युवा क्लवले आयोजना गरेको नगर सरसफाई अभियानमा सुरक्षाकर्मी र युवा समुहका सदस्यहरु सहभागिता जनाई अभियान सफल बनाएकोमा नया शिरा युवा क्लवका अध्यक्ष चन्दले धन्यवाद दिए । नगरलाई सफा राख्न सम्पुर्ण नगरवासीको महत्वपुर्ण भुमिका रहने उनले सुनाए । बिगतका दिनमा बिभिन्न सामाजिक कार्यमा सहभागिता जनाउदै आएको क्लवले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने चन्दले बताए । टाँगा स्टेशन देखि सुरु भएको सरसफाई गुलरिया बजारमा कुचो लगाएर सरसफाई गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर