पाटे बाघ व्यबस्थापनका लागि १३ वटा रणनितिक योजना
बुधबार, चैत ०९, २०७८ मा प्रकाशित

बर्दिया, चैत ९ (फरकसमाचार) / निकुञ्ज प्रशासनले बाघ संरक्षणमा चुनौती बढेसँगै १३ वटा रणनितिक योजना मध्यवर्ती क्षेत्रमा अख्तियार गरेको छ । मानविय क्षतिको मुख्य कारण औल्याएर सचेतना अघि बढाईरहेको निकुञ्ज प्रशासनले बाघको आनी बानीको जानकारी गराएर मानविय व्यबहार परिवर्तन गर्न पर्ने कुरामा निकुञ्जले रणनितिक योजनामा प्राथामिकताका साथमा समाबेश गरेको छ । वन्यजन्तुबाट प्रभावित क्षेत्रमा मुख्य गरी सचेतना, बिमा र सुरक्षा मापदण्ड अवलम्बन गर्न निकुञ्ज प्रशासनले जोड दिएको छ ।

बाघको आनीबानीको बारेमा जानकारी गराएर मानविय व्यबहार परिवर्तनका लागि रणनितिक योजना फलदायी भएको प्रमुख संरक्षण अधिकृत बिष्णु प्रसाद श्रेष्ठले बताए । ‘बाघ र मानिसले व्यबहार परिवर्तन नर्गदा संरक्षणमा समस्या उत्पन्न भयो,’उनले भने,‘ सचेतनासँगै बाघको आनीबानीको सचेतना व्याप्त बनाएपछि प्रभावकारी भएको छ । ’ मानिसले घास दाउँराको लागि जंगल जान पर्ने बाध्यताका कारण मानव र वन्यजन्तु विच द्धन्द्ध बढेको उनले खुलाए ।

‘मानिसले पनि बानी परिवर्तन गर्दा समस्या टर्दै गएको छ’उनले भने,‘सुरक्षा मापदण्ड अपनाउँनका लागि अभियान नै चलाएर हामी लागी परेका छौ ।’ संरक्षणमा दुर्लभ वन्यजन्तु बाघको प्राकृतिक मृत्यु बढिरहेकाले रणनितिक योजना अख्तियार गर्न परेको प्रमुख संरक्षण अधिकृत श्रेष्ठले खुलाए । ‘भाले र भाले बाघको जम्काभेटले प्राकृतिक मृत्यु बढेको पाईएको छ’ उनले भने, ‘भाले र पोथी सिमित दुरीमा बस्ने हुनाले खतरा हुदैन,तर भाले र भाले बाघ विच हुने लडाईले प्राकृति मृत्यु दरको जोखिमलाई बढाउँछ ।’ समस्या ग्रस्त ठाउँमा क्यामरा राखेर व्यबस्थापन गर्ने अवधारणा अघि सारेको उनी बताउँछन् ।

‘बाघ बस्ने कोर क्षेत्रमा क्यामरा राख्ने रणनिति अवलम्बन गर्ने निति अघि सारेका छौ’उनले भने, ‘क्यामराबाट समस्या ग्रस्त बाघको पहिचान गर्न सकिने र प्राकतिक मृत्यु दर घटाउँने हामीहरुको उदेश्य हो ।’ गाउँ बस्तीमा बाघ र आहार प्रजातीलाई रोक्नका लागि बिद्युत तारबारको विस्तार गरेको उनले जानकारी दिए ।‘आहारसँगै बाघ निस्केर गाउँ वस्ती पस्ने जोखिम बढेको थियो’उनले भने,‘त्यस यता निकुञ्जका वन्यजन्तु गाउँ पस्ने जोखिम घटेर गएको छ ।’

मध्यवर्तीका पालीकासँगको समन्वयमा विमा (मानविय, अन्नबाली, पशु नोक्सानी) विस्तार गरिरहेको उनले जनाए । निकुञ्जका सुरक्षाको लागि रहेका नेपाली सेनाका पोष्ट विस्तार, नियमिति गस्ती, पट्रोल, स्वपिङ, एम्बुस जस्ता अप्रेसन लगायतका गस्तीले बर्दिया निकुञ्ज शुन्य चोरी शिकार उन्मुख भएको श्रेष्ठले दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर