बर्दिया, चैत १२ (फरकसमाचार)/ मृत अवस्थामा फेरी अर्को भाले पाटे बाघ शनिबार फेला परेको छ ।
मधुवन नगरपालिका–६ स्थित कालिका सामुदायिक बन र ग्रामीण महिला सामुदायिक बनको सिमानामा रहेको खोलामा वयस्क पाटे बाघ मृत अवस्थामा फेला परेको हो । गत सोमबार मधुवन नगरपालिका–२ स्थित जनजागृति सामुदायिक बनमा पाटे बाघ मृत अवस्थामा फेला परेको थियो । यसरी एक सातामा दुई पाटे बाघ मृत अवस्थामा फेला परेका छन् ।
पाटे बाघ मृत अवस्थामा फेला परेको डिभिजन बन कार्यालय बर्दियाका सुचना अधिकारी द्रोणराज शर्माले जानकारी दिए । प्रारम्भिक अनुसन्धानबाट मृत अवस्थामा फेला परेका बाघ एकआपसमा जुधेर मरेको बुझिएको छ ।
खाता करिडोर क्षेत्रमा पाटे बाघको धेरै चहल पहल हुने गर्दछ । बर्दिया राष्ट्रिय निकुञ्जबाट अन्तर्राष्ट्रिय खाता करिडोर हुदै भारतको निकुञ्जतर्फ र भारतबाट बर्दिया राष्ट्रिय निकुञ्ज तर्फ पाटे बाघको अवातजवात बढी हुन्छ ।