गुलरिया (बर्दिया),चैत १४ (फरकसमाचार) / जबरजस्ती करणी कसुरमा फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका–६ का ३० वर्षिय ईब्रार भन्ने ईबरार अहमद मनिहारलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।
जबरजस्ती करणी मुद्दामा उच्च अदालत तुल्सीपुर नेपालगंजको इजलासको फैसलाले मनिहारलाई ०७७ साल माघ २६ गते ५ वर्षको कैद सजाय तोकेको थियो । अदालतले कैद सजाय तोकेको दिन देखि मनिहार फरार रहेका थिए ।
मनिहार एक वर्ष बढी फरार रहे । जिल्ला प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा गुलरिया नगरपालिका–६ स्थितबाट लुकिछिपी बसेको अवस्थामा मनिहारलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले मनिहारलाई नियन्त्रणमा लिई अदालतमा उपस्थिती गराई कैद सजाय भुक्तान गर्न कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी हेम बहादुर शाहीले जानकारी दिए ।