दलबहादुर सुनार
बर्दिया,चैत १४ / बर्दियाको बढैयाताल गाउँपालिकाले जातिय भेदभाव तथा छुवाछुत मुक्त पालिका घोषणा गरेको छ ।
बढैयाताल गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले आइतबार एक समारोहमा पालिकालाई छुवाछुत मुक्त पालिका घोषणा गरेका हुन् ।
जिल्लाका आठ वटा पालिका मध्ये बढैयाताल गाउँपालिकाले दलितका सवालमा काम गर्ने गैर सरकारी संघ सस्था र दलतिअधिकार कर्मिहरुको समन्वय र सहकार्यमा पालिकालाई जातिय भेदभाव तथा छुवाछुत मुक्त पालिका घोषणा गरी पहिलो पालिका बनेको छ ।
घोषणा सभाका अध्यक्ष समेत रहेका अध्यक्ष श्रेष्ठले ब्यानर बाचन गरी घोषणा गर्दै आजको दिन जातिय भेदभाव तथा छुवाछुत मुक्त पालिका घोषणा भएकोले पालिकामा जातिय बिभेद नहुने बताउदै यदि कसैले उलंघन गरेमा कानुन बमोजिम कारवाही गर्ने प्रतिबद्धता गरे । उनले नेपालको संबिधान ऐन कानुन नियममा उल्लेख भएको छुवाछुत बिरुद्ध बनेका कानुनको पूर्ण रुपमा कार्यान्वयन गर्न र गाउँपालिकालाई जातिय विभेद र छवाछुत मुक्त गाउँपालिका बनाउने संकल्प समेत व्यक्त गरे ।
घोषणा सभाका प्रमुख अतिथि तथा प्रदेश सभा सदस्य भुवनेश्वर चौधरीले कार्यक्रम उद्घाटन गरेका थिए । सभामा नेकपा एमाले बढैयातालका सचिब प्रेमराज त्रिपाटी, नेपाली कांग्रेसका बढैयातालका सभापति भगत नेपाली, नेकपा माओबादीका राम बहादुर परियारले आफनो पार्टीले घोषणा सभाको पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता समेत जनाएका छन् । दलित युवा नेता गुम बहादुर परियार, महिला अधिकार कर्मि शान्ती अधिकारी लगाएतले जातिय भेदभाब अन्त्यका लागि घोषणा गरेर मात्र नहुने भन्दै घोषण गरेका कुराहरु ब्यबहारमा लागु गर्नु पर्नेमा जोड दिएका थिए ।
दलित महिला संघकी केन्द्रिय सचिब तथा बर्दिया जिल्ला अध्यक्ष हेमा सुनारले घोषणा सभा कार्यक्रमको संचालन गरेकी थिईन् भने बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष दिपा कुमारी गौतमले स्वागत गरेकी थिईन् ।
बिभिन्न नारा र पञ्चे बाजा सहित मैनापोखर बजार परिक्रमा गरि घोषणा सभामा प्रबेश गरेको सभामा स्थानिय जन प्रतिनिधि राजनितक दलका प्रतिनिधि, दलित अधिकार कर्मि, मानब अधिकारकर्मी नागरिक समाज, शिक्षक, बिद्यार्थी लगाएत झण्डै पाँच सयको सहभागिता रहेको थियो ।