काँग्रेस,एमाले र माओवादीलाई उम्मेदवार छान्न फलामको चिउरा चपाए सरह
मङ्गलबार, चैत १५, २०७८ मा प्रकाशित

बर्दिया, चैत १५ (फरकसमाचार) / जिल्लाको स्थानीय निर्वाचन तीन वटा पार्टी प्रतिस्पर्धीमा देखिन्छन् । तर तीन वटा पार्टीले उम्मेदवार उठाउँदा जोखिम उठाउँनु पर्ने देखिन्छ । भुलवस जनप्रिय उम्मेदवार नभए प्रतिस्पर्धी पार्टीले धोखा खानु पर्ने स्थिति छ । नेता भने सुक्ष्म अध्ययनमा जुटेको खवर प्राप्त भएको छ । पछिल्लो चुनावले तीन/तीन वटा माओबादी र एमाले र २ वटा स्थानीय तह काँग्रेसले जितेको छ । त्यसैले आँकलन गर्दा पनि त्रिपक्षिय प्रतिस्पर्धा हुने आँकलन छ ।

उम्मेदवार राम्रो नदिने भने स्थानीय तहमा राम्रो देखिए पनि चोईटेला भन्ने त्रास कायम छ । पहिला जितेका उम्मेदवार पुनः दोहोरिने कोशिश गरिरहेका छन् । यसअघि चुनाव ठूला पार्टीले महिला उम्मेदवार दिन नसकेको आरोप खेपेकाले ठूला दललाई महिला उम्मेदवार बनाउँनु पर्ने चर्को दवाब छ । तर, पुरुष आंकाक्षी उम्मेदवारको हालीमुहाली छ ।

स्थानीय निर्वाचनको मिति नजिकिदा चुनावि गर्मीले माहोल फरक पारेको छ । जति जति गर्मीको पारो चढ्दै चुनावी माहोल छपक्कै छोप्दै छ । स्थानीय निर्वाचनका लागी नेता कार्यकर्ता दौडधुप बढेको छ । चिया पसल देखि मानिस जमघट हुन ठाउँमा कुन दलले जित्ने र को उम्मेदवार हुने आँकलन आआफ्नै छ । चुनवाको मिति तोकिएका दिन देखि शुरु भएको चुनावि माहोलमा सर्वसाधरण सरिक हुन थालेका छन् । नेताको घर दैलोमा उम्मेदवारका आंकाक्षी दौडधुपमा व्यस्त छन् ।

दलका कार्यकर्ता पाटीलाई जिताउँ अभियान सुर गरेका छन् । चुनावमय वातावरणले मतदाता उत्साह छाएको छ । चोक चौराहामा उम्मेदवारका आंकाक्षीको पक्ष वा विपक्षीमा चर्चा गर्ने गरेको जताततै सुनिन्छ । टिकटका दावेदार मानिएका अनभिज्ञता प्रकट गर्दै आएका छन् भने कतिपयले उम्मेदवार आफु नै हुने दाबी गर्छन् । जिल्लामा ८ वटा स्थानीय तह छन् । यसअघिका बिजेताले कुर्सी नछाड्ने दाउँमा छन् । अहिले देखिएका आँकाक्षीले त्यस्ता उम्मेदवारलाई केन्द्रिय नेताले प्रदेशमा लैजाने सुरमा देखिन्छन् ।

बिभिन्न माध्यमबाट उम्मेदवारका आंकक्षीको नाम सार्वजनिक भईरहेको छ । स्वतन्त्रबाट उठ्ने उम्मेदवारको धमाधम सामाजिक संजाल मार्फत नाम सार्वजनिक भईरहेको छ । टिकट दावेदार मध्यका व्यक्तिको बहस हुने गरेको छ । उता मतदाताहरु कसले जित्ने नजित्ने भन्ने आंकलन गर्छन् ।

निर्वाचनमा सवैको ध्यान केन्द्रित भएकाले पनि चुनावी सरगर्मी बढेको हो । यतिबेला पार्टीको प्रचार भन्दै आंकाक्षीले आफ्नो प्रचार गरिरहेको छन् । पहिलो चरणमा पार्टीका रणनितिक योजना अनुसार परिचालित कार्यकर्ता आफ्नो अभियान शुरु गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर