बाइजीको प्रवचनले भक्तजन आकर्षित
बुधबार, चैत १६, २०७८ मा प्रकाशित

संजय आचार्य
बर्दिया, चैत १६ / गुलरिया नगरपालिका–७ मा अवस्थीत शिव मंन्दिरमा महान सत्संग कार्यक्रम सम्पन्न भएको छ । बुधवार नेपाल मानवधर्म सेवा समीतीको आयोजनामा सत्संग कार्यक्रम भएको हो ।

नेपाल मानवधर्म शाखा कार्यालय नेपालगंजबाट आएकी भेरी राप्ती प्रभारी महात्मा सरयु बाइजीले भक्तजन सामु आफ्नो महत्वपुर्ण प्रवचन राखेकी थिईन् । उनको प्रवचनले सहभागि भक्तजनहरुको मन आकर्षित भएको थियो ।

नेपालगंज अवस्थित आश्रमबाट साप्ताहीक कार्यक्रम अन्तर्गत यस पटक गुलरिया गाउँमा सत्संग कार्यक्रम राखिएको संस्थाका अध्यक्ष गोपाल रेग्मीले बताए । आश्रमले प्रत्येक साता सत्संग कार्यक्रम गर्दै आएको छ । भक्तजनको अनुरोधमा आश्रमले कुनै पनि समयमा कार्यक्रमको आयोजना गर्ने गरेको छ ।

देशमा कोरोना भाइरसको कारणले सामूहिक रुपमा जम्मा हुन नसकेको हँुदा आफ्नो आश्रमले जुम मिटीङ्ग मार्फत पनि सत्संगको कार्यक्रम जारी राखी धर्मको प्रचार प्रशार गरी राखेको रेमीले बताए ।

आजभोलि घर घरमा अशान्ति रहेको स्थानीय सुरज राईले बताए । ‘आजको समयमा युवा कुलत, गलत बाटोमा लागिरहेका छन्’ उनले भने,‘जुन घरमा कलह र अशान्ति छ, घरमा संस्कारी छोराछोरी र इश्वरको प्राथना छैन त्यो घरका साथसाथै समाज पनी अशान्ति हुन्छ ।’ जस करण हामीले वेला वेलामा सत्संगको कार्यक्रम गर्नुपर्ने उनले जोड दिए ।

सत्संग कार्यक्रममा पुराण गिताको बारेमा ब्याख्या गरिएको थियो । सहभागि भक्तजनहरु भजन किर्तन, नाचगान र सत्संगको श्रवण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर