कैलालीमा काँडेतारमा अल्झिएर चितुवाको मृत्यु
बिहिबार, चैत १७, २०७८ मा प्रकाशित

कैलाली, चैत १७ । कैलालीमा काँडेतारमा अल्झिएर एउटा चितुवाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका-१० मा शोभा चौधरीको घरको आगनमा लगाइएको काँडेतारमा अल्झिएर घाइते भएको चितुवाको मृत्युु भएको सव डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जबाट उद्दारका लागि प्राविधिक टोली बोलाइएको भए पनि उनीहरू नपुग्दै चितुवाको मृत्युु भएको सव डिभिजन वन कार्यालयका वन अधिकृत सुरेन्द्र केसीले जानकारी दिए ।

घोडाघोडी नगरपालिका-१० क्षेत्रमा चितुुवाले केही दिनदेखि आतंक मच्चाएको थियो । स्थानीयका अनुसार राति गाउँ पस्ने चितुवाले गोठभित्रै पसेर पशुुचौपाया खाने गरेको थियो ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर