बर्दिया, चैत १७ (फरकसमाचार) / विभिन्न पार्टी परित्याग गरी जनता समाजवादी पार्टीमा २१ जना प्रवेश गरेका छन् । ठाकुरबाबा नगरपालिकाकी शान्ता पौडेलको अगुवाईमा विभिन्न पार्टी परित्याग गरि बुधबार २१ जना जसपामा प्रवेश गरेका हुन् ।
ठाकुरबाबा नगरपालिकामा यस अघि जसपा पार्टीका समर्थक थिएनन् । जसपा बर्दियाले ठाकुरबाबामा आफ्नो समर्थक उत्पादन गर्न सफल भएको छ । जसपा लुम्बिनी प्रदेशकी कोषाध्यक्ष अम्बिका काफ्लेको विशेष पहलमा ठाकुरबाबामा जसपाले आफ्नो पहुँच बनाएको छ ।
जिल्लाको आठ वटा स्थानीय तह मध्ये जसपाले अधिकांस स्थानीय तहमा आफ्नो समर्थक विस्तार गर्न प्रयासरत रहेको छ । जसपामा प्रवेश भएका नव सदस्यहरुलाई प्रदेशकी कोषाध्यक्ष काफ्लेले सदस्य कार्ड प्रदान गरि पार्टीमा स्वागत गरेकी थिईन् ।
संगठन विस्तार तथा पार्टी प्रवेश कार्यक्रममा जसपाका प्रदेश सल्लाहकार सुधाकार मिश्र, जिल्ला अध्यक्ष मोहन चौधरी, गुलरियाका नगर अध्यक्ष विष्णु यादव र युवा नेता पप्पु यादवलगायतको उपस्थिती रहेको थियो ।