बर्दियामा सरकारी कार्यालयको रकम हिनामिना गरेको कसुरमा तीन पक्राउ
शुक्रबार, चैत १८, २०७८ मा प्रकाशित

बर्दिया,चैत १८ (फरकसमाचार) / सरकारी संस्थाको रकम हिनामिना गरेको कसुरमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले तीनै जनालाई बिहीबार नियन्त्रणमा लिएको हो । रकम हिनामिना गरेको कसुरमा तीनै जनालाई बर्दिया जिल्ला अदालतले गत कात्तिक १३ गते कैद तथा जरिवाना सजाय तोकेको थियो ।

अदालतले बाँसगढी नगरपालिका–५ का मटराम थारु र फत्तु थारुलाई २ वर्ष ८ महिना १ दिनको कैद र ८८ लाख २ हजार ६ सय १५ रुपियाँ ३१ पैसा दुवैलाई जनही जरिवाना र सजाय तोकेको थियो । त्यसैगरी सोही ठाउँका हरिराम थारुलाई अदालतले ८७ लाख ८९ हजार १ सय १५ रुपियाँ ३१ पैसा जरिवाना मात्र तोकेको थियो ।

कैद तथा जरिवाना सजाय तोकिएका तीनै जना छ महिना देखि फरार रहेका थिए । ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा तीनै जनालाई नियन्त्रण लिई कैद सजाय र जरिवाना भुक्तान गर्न अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी हेम बहादुर शाहीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर