अध्यक्ष केसीले बुझाए सरकारी माल सामान
शुक्रबार, चैत १८, २०७८ मा प्रकाशित

बर्दिया, चैत १८ (फरकसमाचार) / गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले आफुले प्रयोग गरिरहेको ल्यापटप र मोबाईल कार्यालयमा बुझाए । सरकारी सेवा र सुबिधा मध्यका बिद्युतिय सामाग्री बुझाएपछि उनको वफादारिता यतिबेला देशभरमै चर्चा भईरहेको छ ।
जनप्रतिनिधि चुनिएपछि प्रयोग गर्दै आएका अन्य कुरा कार्यालयमा बुझाएपछि अध्यक्ष केसीले नमुना योग्य काम गरेको सर्वसाधारणको बुझाई छ । लोभ र लालचको आरोप खेपेका जनप्रतिनिधि तर्फबाट उनको तारिफ योग्य कामले अधिकांश खुसी छन् । पालिका प्रमुख केसी सामान्य जिवन शैली भएका नागरिक भनेर जनता माँझ चिनिएका जनप्रतिनिधि मध्यमा पर्ने गोला गाबिसका एक स्थानीयले सुनाए । ‘अनुशासित र सभ्य भाव उहाँमा छ’ उनले भने,‘यसै कारण गाउँपालिका बासी खुसी छन् ।’

सरकारी सामान दुरुपयोग नगर्ने मध्यमा केसी एक्ला पालिका प्रमुख हुन् । सरकारी ढुकुटी दुरुपयोग गर्दै हिड्ने उनको बानी छैन । गाउँ र घरमा रमाउँने बानाीले उनलाई सफलता तर्फ डोराईरहेको छ ।

खेलाडी पृष्ठ भुमि भएका केसी यसअघि पनि जनप्रतिनिधि चुनिएका थिए । यसअघि केसी गाबिस उपाध्यक्षमा निर्वाचित भएका थिए । सशस्त्र द्वन्द्वमा काँग्रेसीको भागाभाग भएको अवस्थामा समर्थकको साथमा गाउँ नछोडेको कारण उनको छाप समर्थक माँझ गहिरोसँग बसेको छ । उनको स्वभावमा इमान्दारिता र निडरपन हाबी हुँदा सशस्त्र युद्धमा होमिएका बिद्रोहीको पनि उनले साथ पाएँ ।

तर,जनताको प्रतिको सदभावकै कारण उनी पटक पटक जनप्रतिनिधिमा दोहोरिरहेका छन् । अग्लो जिउ डाल भएका उनी शारिरिक सुसंगठितसँगै केसीको पारदर्शीताले गेरुवा गाउँपालिकाको नाम चुलिदै गएको छ । उनलाई धेरैले भन्छन्‘जनप्रतिनिधि भनेको यस्तो हुनु पर्छ, आफ्नो कार्यकालमा सरकारी सामान दुरुपयोग रोकेका थिए ।’ पालिका प्रमुखलाई सरकारी सेवा सुबिधा अन्र्तगत गाडी दिएको छ । तर, केसी गुड्ने किलोमिटरको रफ्तार उनकै निजी मोटरसाईकले धेरै भन्दा धेरै किलोमिटर नापेको छ ।

केसीको गाउँपालिका बर्दिया निकुञ्ज जोडिएको छ । दुर्लभ वन्यजन्तु आक्रमण तिब्रताले स्थानीयले दुःख पाएका छन् । नदी कटान र निकुञ्जले गर्ने अतिक्रमण अहिले गाउँपालिका चुनावी एजेन्डा बन्छन् । गाउँपालिकाले निकुञ्जको समन्वयमा बिद्युतिय तारबार जोड दिएका आम सर्वसाधारणको जिउँ ज्यान बचाउँन काम गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर