हतियार बुझाउन बर्दिया प्रशासनको निर्देशन
शनिबार, चैत १९, २०७८ मा प्रकाशित

बर्दिया,चैत १९ (फरकसमाचार) / स्थानीय तहको निर्वाचनलाई भयरहित बनाउन जिल्ला प्रशासन कार्यालयले हतियार बुझाउन निर्देशन दिएको छ । आगामी स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरि इजाजत पत्र प्राप्त हतियार बुझाउन प्रशासनले सुचना मार्फत निर्देशन दिएको हो ।

इजाजत प्राप्त हतियार धनीलाई चैत मसान्तसम्म नजिकको प्रहरी कार्यालय वा चौकीमा बुझाउन भनिएको छ । हतियार धनीले निर्वाचन अवधिभर हतियार प्रहरीको जिम्मा लगाउन भनिएको छ ।

निर्वाचन सम्पन्न भएपछि मात्र हतियार धनीले आफ्नो हतियार पाउने जनाईएको छ । हतियार धनीले प्रहरी इकाइमा बुझाएको हतियार सुरक्षित पुर्वक राख्न व्यवस्था मिलाउन प्रहरीलाई अनुरोध गर्दै जिल्ला प्रशासन कार्यालयले प्रकाशित गरेको सुचनामा उल्लेख छ । इजाजत प्राप्त धनीले आफ्नै साथमा हतियार राख्दा निर्वाचनको बेला दुरुपयोग भई भय सिर्जना हुन सक्छ ।

निर्वाचनको अवधिलाई भयरहित बनाउन र कुनै किसिमको अप्रिय घटना घट्न नदिन प्रशासनले हातहतियार बुझाउन निर्देशन दिएको छ । हतियार धनीले प्रहरी इकाइमा हतियार बुझाए शान्तिपुर्ण, भयरहित, भरपर्दो विश्वसनीय तवरबाट आगामी स्थानीय निर्वाचन सम्पन्न हुने विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित खवर