कुचो लगाएर आशापुर गाउँ झारबहार
आइतबार, चैत २०, २०७८ मा प्रकाशित

बर्दिया, चैत २० (फरकसमाचार) / शनिबार सबेरै युवा र प्रहरीको हातमा कुचो समाएको देख्दा गाउँले छक्क परे । गाउँमा आज प्रहरी र युवाहरु हातमा कुचो समातेर दौडधुप किन गरिरहेका छन अधिकांशले बुझ्न चासो देखाए । जब युवा र प्रहरीले गाउँमा कुचो लगाई सरसफाई गर्न थाले अधिकांश गाउँले अचाम्मित भए । बिहानै गाउँमा स्थानीय युवा र प्रहरीले आशापुर गाउँमा कुचो लगाएर सफासुग्घर परे ।

युवाहरुको सरसफाई अभियानमा प्रहरी सरिक हुँदा स्थानीय युवाहरु उत्साहित भए । युवा र प्रहरीले सडकमा कुचो लगाएर र सडक किनारमा राखेको फोहोरको थुप्रो सफा गरेर गाउँलेलाई आफ्नो गाउँ आफै सफा राखौं सन्देस दिदा लापरवाही भएको स्थानीयमा आभास भयो । हाम्रो गाउँमा भएको फोहोर प्रहरी र युवाहरुले सरसफाई गरेको देखेर गाउँले सर्मिन्दा भए ।

‘लापरवाहीले गर्दा हाम्रो गाउँमा जताततै फोहोर थुप्रेको देखिन्थ्यो’ एक स्थानीयले भने,‘आज प्रहरी र युवाको सक्रियतामा भएको सरसफाई अभियान सन्देशमुलक छ ।’ गुलरिया नगरपालिका–८ आसापुर गाउँमा पक्की सडक छ । पक्की सडक बनेपनि सडकमा पहिलाको जस्तै बाटोमा फोहोरका थुप्रो राख्ने, निर्माण सामाग्री राख्ने, पशुचौपाया बाध्ने र ढल्लप लढियासमेत बाटोमै राख्छन् । सडकमै सबै चिज राख्दा सडक साँघुरो भई दुर्घटना हुने जोखिम त्यस्तै छ ।

समाज सुधार युवा क्लवको आयोजना र जिल्ला प्रहरी कार्यालयको समन्वयमा आशापुर गाउँ सरसफाई गरिएको छ । आफ्नो गाउँ घरलाई आफै सफा गर्नुपर्छ सचेतना फैलाउने उदेश्यले युवा क्लवले सरसफाई कार्यक्रमको आयोजना गरेको गुलरिया नगरपालिका–८ का वडा अध्यक्ष धन्मेद्र कुमार बानियाले बताए ।

सडक बाटोमा राखेको निर्माण सामाग्री तथा अन्य सामाग्री हटाउन सुरजपुर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक सुरेन्द्र हमालले आग्रह गरेका छन् । सडक बाटोमा फोहोर, पशुचौपाया बाँध्ने र अन्य सामान राख्नु हुदैन जिल्ला प्रहरी कार्यालय सामुदायिक सेवा केन्द्रकी प्रहरी हवल्दार मिना तामाङ्गले स्थानीयलाई सुझाएकी थिईन् । गाउँ सरसफाई कार्यक्रममा स्थानीय युवा र प्रहरीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर