आइतबार, चैत २०, २०७८
मा प्रकाशित
1721
Shares
बर्दिया, चैत २० / आगामी स्थानीय तहको निर्वाचनको लागि जनता समाजवादी पार्टीका उम्मेदवारलाई सहजीकरण गर्ने जिम्मेवारी कृष्ण प्रसाद यादवले पाएका छन् । जसपा नेपालको केन्द्रीय कार्यालय बालकुमारीमा बसेको बैठकले यादवलाई जिम्मेवारी दिएको हो ।
केन्द्रिय सदस्य सदस्य समेत रहेका यादव अहिले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवार जिताउने महोल बनाउन तर्फ लागेका छन् ।
ठुला पार्टीका बिच आफ्नो पार्टीका उम्मेदवारलाई बढी भन्दा बढी जिताउन उनी पार्टीका समर्थकहरुसंग भेटघाटमा व्यस्त छन् । कुन कुन पदमा को–कोलाई उठाउने जसपा बर्दियाले टुङगो लगाएको छैन । पार्टीले उम्मेदवार चयन गरी छिट्टै सार्वजनिक गर्ने जनाएको छ ।