गुलरिया अन्र्तगत परियोजनाले गरेको कामको अनुगमन
आइतबार, चैत २०, २०७८ मा प्रकाशित

बर्दिया, चैत २०/ गुलरिया नगरपालिकाका विभिन्न वडामा संस्थाले गरेको कामको संयुक्त अनुगमन गरिएको छ । दलित महिला उत्थान संघ बर्दियाले लुर्थन वल्र्ड रिलिफको आर्थिक सहयोगमा संचालन गरेको कोभिड–१९ बाट प्रभावित समुदायको पुनरोत्थान परियोजना मार्फत संचालन गरिएको विभिन्न कार्यक्रमको अनुगमन गरिएको हो । गुलरिया नगरपालिकाको १, ३, ७, ८, ९, १० र ११ नं. वडामा संचालन गरिएको कुखुरा पालन, मकै खेती, किराना पसल, विशेष अवस्था तथा जोखिममा रहेका सुत्केरी आमा र नेपाल भारतको सिमा क्षेत्र सुरजपुरको प्रवेश विन्दुमा बनाइएको हेल्पडेस्क लगायतको अनुगमन गरिएको छ ।

गुलरिया नगरपालिकाकी उप–प्रमुख शुशिला गीरीको नेतृत्वमा गएको अनुगमन टोलीले गुलरिया नगरपालिका – ८ मा रहेका स्थानिय दलित, गरिब तथा अति विपन्न परिवारका लागी संस्थाको अगुवाइमा गरिएको स्वास्थ्य विमा बारे समेत जानकारी लिइएको छ । संस्थाले थोरै मात्रमा गरेको सहयोगले पनि आर्थिक उपार्जनमा टेवा पुग्ने भन्दै यसको मात्रालाई बढावा दिनु पर्ने उपप्रमुख गीरीले सुझाईन् । घरको काममा मात्र सिमीत भएका महिलाहरुलाई विभिन्न आर्थिक क्रियाकलापमा जोड्न सके महिलाहरुको अवस्था अझ उकास्न सकिने भन्दै संस्थाहरुले लक्षित वर्गलाई विशेष ध्यान दिन आवश्यक रहेको उपप्रमुख गिरीको भनाई छ ।

आर्थिक रुपमा विपन्न भएका नागरिकले स्वास्थ्य विमा गराई स्वास्थ्य उपचार निशुल्क पाएपछि रातह महसुस भएको गुलरिया नगरपालिका– ८ का स्थानिय गोपाल सार्कीले बताए । वैदेशिक रोजगारबाट फर्किएकी महिलालाई कुखुराको चल्ला प्रदान गरि कुखुरा पालनका लागी समेत संस्थाले प्रोत्साहित गरेको दलित महिला उत्थान संघकी कार्यक्रम संयोजक विष्णु नेपालीले जानकारी दिईन ।

ग्रामिण तथा सिमावर्ती क्षेत्रका महिलाहरुको आयआर्जन हुने सवालमा गरिएको कार्य योग्य रहेको गुलरिया नगरपालिका–७ की वडा अध्यक्ष गीता बस्नेतले बताईन् । गुलरिया नगरपालिका वडा नम्बर ७ मा २१ जना मध्ये २ जनाले गर्दैआएको मकै खेतीको समेत अनुगमन गरिएको छ । गाँउमा स्थानिय किसानसंग समन्वय गरि जग्गा भाडामा लिई मकै खेतीतर्फ कृषकलाई आकर्षीत गरिएको दलित महिला उत्थान संघ बर्दियाकी अध्यक्ष खिमा विकले जानकारी दिईन् । संस्थाले नागरिकहरुको स्वास्थ्य विमा, कृषी, वर्थिङ्ग सेन्टर व्यवस्थापनका लागी विभिन्न स्वास्थ्य सामाग्री वितरण लगायतका क्रियाकलाप गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर