चैत २२ / सत्ता गठबन्धनको ब" />
गठबन्धन बैठक : पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन
मङ्गलबार, चैत २२, २०७८ मा प्रकाशित

काठमाडौं, चैत २२ / सत्ता गठबन्धनको बैठकले काँग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

बैठकले देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिँदै सरकारको तर्फबाट राजनैतिक दल, अर्थविद, योजनाविद र सरोकारवाला पक्षसँग एक वृहत् अन्तरक्रियाको आयोजना गर्ने निर्णय पनि भएको छ । अन्तरक्रियाबाट प्राप्त हुने सुझावको आधारमा ठोस कदम चाल्ने निर्णय भएको उनको भनाइ छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणबारे ब्रिफिङ समेत गरेका थिए । समग्रमा भारत भ्रमण सफल रहेको निष्कर्ष गठबन्धनले निकालेको छ । रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर