बर्दिया, चैत २३ (फरकसमाचार) / जिल्लामा ३ लाख ११ हजार ४ सय १० मतदाता संख्या रहेको निर्वाचन कार्यालय बर्दियाले जनाएको छ । १ लाख ५२ हजार ७ सय ४२ पुरुष, १ लाख ५८ हजार ६ सय ६२ महिला र ६ जना अन्य मतदाता रहेको निर्वाचन कार्यालयले सार्वजनिक गरेको तथ्यांकले देखाएको हो । जिल्लाको आठ वटै स्थानीय तह मध्ये सबै भन्दा बढी मतदाता संख्या बारबर्दियामा रहेका छन् भने सबै भन्दा कम मतदाता संख्या गेरुवा गाउँपालिकामा रहेको निर्वाचन कार्यालयको रेकर्डले पुष्टि गरेको छ । आगामी स्थानीय तहको निर्वाचनको लागि जिल्लामा ३ सय ७१ मतदान केन्द्र निर्धारण गरिएको छ ।
गुलरिया नगरपालिकामा ५० वटा मतदान केन्द्र निर्धारण गरिएको छ । गुलरियामा २२ हजार ५ सय २६ पुरुष र २० हजार ६ सय ७९ महिला गरी जम्मा ४३ हजार २ सय ५ मतदाता संख्या रहेको छ । मधुवन नगरपालिकामा ४२ वटा मतदात केन्द्र निर्धारण गरिएको छ । मधुवनमा जम्मा ३५ हजार २ सय ९५ मतदाता संख्या रहेको छ ।
राजापुर नगरपालिकामा ५५ वटा मतदान केन्द्र तोकिएको छ । राजापुरमा जम्मा ४३ हजार ५ सय ५३ मतदाता संख्या रहेको छ । गेरुवा गाउँपालिकामा ३२ वटा मतदान केन्द्र छन् । गेरुवामा जम्मा २५ हजार ७ सय ६१ मतदाता संख्या रहेको देखिएको छ । ठाकुरबाबा नगरपालिकामा जम्मा ३३ हजार ५ सय ५७ मतदाता संख्या रहेको छ । जहाँ ३६ वटा मतदान केन्द्र तय गरिएको छ । बाँसगढी नगरपालिकामा जम्मा ४३ हजार ४ सय ६४ मतदाता रहेका छन् र ४९ वटा मतदान केन्द्र तोकिएको छ ।
बारबर्दिया नगरपालिकामा जम्मा ४९ हजार ५ सय ३६ मतदाता रहेका छन् र ६० वटा मतदान केन्द्र निर्धारण गरिएको छ । त्यसैगरी बढैयाताल गाउँपालिकामा ३७ हजार ३९ मतदाता रहेका छन् भने ४७ मतदान केन्द्र तोकिएको निर्वाचन कार्यालयले सार्वजनिक गरेको तथ्यांकले पुष्टि गरेको छ ।