बर्दिया, साउन २२ (फरकसमाचार) / जिल्लामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १ सय ७९ पुगेको छ । आइतबार थप ४० जनामा संक्रमण पुष्टि भएसंगै सक्रिय संक्रमितको संख्या १ सय ७९ पुगेको हो । १ सय ८ महिला र ७१ पुरुषमा भाइरस सक्रिय रहेको स्वास्थ्य कायालयले जनाएको छ ।
सबै सक्रिय संक्रमित होम आईसोलेशनमा छन् । आठ वटै पालिका मध्ये सबै भन्दा बढी बारबर्दिया नगरपालिकामा सक्रिय संक्रमित रहेका छन् । बारबर्दिया नगरपालिकामा ९२ जनामा भाइरस सक्रिय रहेको छ ।
बढैयाताल गाउँपालिकामा २७, ठाकुरबाबा नगरपालिकामा २१, बाँसगढी नगरपालिकामा १२, गुलरिया नगरपालिकामा १० र राजापुर नगरपालिकामा ९ जनामा भाइरस सक्रिय रहेको छ । त्यसैगरी गेरुवा गाउँपालिकामा ६ र मधुवन नगरपालिकामा २ जनामा भाइरस सक्रिय रहेको स्वास्थ्य कार्यालयको रेकर्डले देखाएको छ ।
हालसम्म स्वास्थ्य कार्यालयले ४ लाख ११ हजार २ सय ५ जनालाई पहिलो खोप, ३ लाख २५ हजार ९ सय ५० जनालाई दोस्रो र १ लाख ८० हजार २ सय ४२ जनालाई कोरोना विरुद्धको तेस्रो खोप लगाएको स्वास्थ्य कार्यालयमा रेकर्ड छ ।