श्रममन्त्री यादव मरिसस प्रस्थान
बुधबार, फागुन १४, २०७६ मा प्रकाशित

काठमाडौँ, १४ फागुन : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादव नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आज साँझ मरिसस प्रस्थान गरेको छ । नेपाल र मरिससबीच गत जेठमा भएको श्रम समझदारी कार्यान्वयनको प्रक्रियालाई टुंगोमा पु¥याउन नेपाली प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गरेको हो ।

भ्रमणका क्रममा मरिससमा प्रतिनिधिमण्डलस्तरमा वार्ता हुने र त्यसले कामदार पठाउने ‘मोडालिटी’को टुंगो लगाउने मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले जानकारी दिए । श्रम समभदारी भएको आठ महिना नाघे पनि समझदारीको प्रावधानअनुसार नेपाली कामदार मरिसस जान सकेका छैनन् ।   नेपाली प्रतिनिधिमण्डलमा श्रम मन्त्रालयका सचिव, श्रम र परराष्ट्र मन्त्रालयका सहसचिवलगायत रहेका छन् । नेपाली प्रतिनिधिमण्डल आगामी सोमबार स्वदेश फर्कने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर