अपांग संघमा अनियमितता भएको भन्दै छानबिन गर्न माग
बुधबार, फागुन १४, २०७६ मा प्रकाशित

काठमाडौँ, फागुन १४ : जोरपाटीस्थित नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा व्यवस्थापनले आर्थिक अनियमितता गरेको भन्दै छानबिन गर्नुपर्ने माग गरिएको छ । अपांगता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य र सीपमूलक तालीमका लागि ल्याइएको बजेट व्यवस्थापनले आफ्नो परिवारका लागि खर्च गरेको भन्दै नेपाल अपांग संघ, संघर्ष समितिले आज कार्यालय अगाडि प्रदर्शनसमेत गरेको छ ।

संघर्ष समितिले संघका नाममा रहेको जग्गामध्येबाट पाँच आना जग्गा निवर्तमान अध्यक्ष मोहन महर्जन नेतृत्वको व्यवस्थापनले कसैलाई जानकारी नदिई बेचेको आरोप लगाउँदै दुई महिनादेखि कार्यालयमा ताला लगाएको छ ।

समितिका अध्यक्ष नरकुमारी कार्कीले तत्कालका लागि कुनै पनि काम कारवाही अगाडि नबढाउन भनी सर्वोच्च अदालतले दिएको आदेश विपरीत संघको निर्वाचन गरिएकामा आपत्ति जनाए । संघले खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयमा अपांगता नभएका व्यक्तिलाई भर्ना गरिएकामा विरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर