‘क्वालिटि एजुकेशन एक मात्र अभियान’
बुधबार, कार्तिक २८, २०८१ मा प्रकाशित

बर्दिया,कार्तिक २८(फरकसमाचार)/ क्वालिटि एजुकेशन एक मात्र मेरो अभियान रहेको लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयका मन्त्री जन्मजय तिमिल्सिनाले बताएका छन् । ठाकुरबाबा नगरपालिकाद्वारा आयोजित सातौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता समुद्घाटन मंगलबार कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले यस्तो बताएका हुन् ।

जिल्ला भरिमा ठाकुरबाबा नगरपालिकाले गत एसइइको रिजल्ट राम्रै दिएको मन्त्री तिमिल्सिनाले बताए । लुम्बिनी प्रदेशको गत एसइइको रिजल्ट जम्मा २१ प्रतिशत रहेको सुनाए । ‘२१ प्रतिशत रिजल्टले समाजको रुपान्तरण गर्न सक्छौ,’मन्त्री तिमिल्सिनाले भने,‘शिक्षा क्षेत्रलाई जबसम्म सुधार्न सक्दैनौ तबसम्म समाजलाई रुपान्तरण गर्न सक्दैनौं ।’

त्यसकारण मेरो एक मात्र अभियान छ ‘क्वालिटि एजुकेशन’ । क्वालिटि एजुकेशन निर्माणको लागि शिक्षामा के परिर्वतन गर्नुपर्छ हामी तयार रहेको सुनाए । दक्ष शिक्षा हालिस गर्नको लागि शिक्षालाई रुपान्तरण गर्नका लागि हामीलाई सच्चिन जरुरी रहेको सुनाए ।

अभिभावकले शिक्षकको विश्वास गरेर आफ्नो बालबालिकालाई विद्यालयमा सुम्पेका हुन्छन् । त्यसैले शिक्षक साथीहरुले आफ्नो काँधको जिम्मेवारी निभाउन आग्रह गरे । खेलकुद क्षेत्रमा ठाकुरबाबा मात्र नभई देशको खेलाडीको रुपमा स्थापित गर्न ठाकुरबाबा नगरपालिकाले जमर्को गरेको छ । जुन खेलाडीमा अनुशासन हुन्छ त्यो जाहा पनि सफल हुने विश्वास व्यक्त गरे । समाजलाई रुपान्तरण गर्नको लागि हामीहरु जिम्मेवार बन्नुपर्छ ।

एकले अर्कालाई कदर गर्न र खेलकुदको विकास गर्न जरुरी छ । खेलकुद नै स्वास्थ्यको लागि फाइदाजनक र राष्ट्रको गौरवको विषय हो । जसकारण शिक्षासंगसंगै खेलकुदलाई लिन सके मात्र समाजको रुपान्तरण गर्न सकिने मन्त्री तिमिल्सिनाले धारणा राखे ।

लुम्बिनी प्रदेशमा बर्दिया पछाडि परेको जिल्ला हो । यसलाई समृद्धिशाली बनाउन, यहाँको संरचनाको पहिचान दिलाउँन, बस्ती विकास र यहाँको जीवन स्तर उठाउन हरेक समुदायको नेतृत्वको आवश्यकता छ । हामी सामुहिक रुपमा अघि बढ्न सके समाजको रुपान्तरण गर्न र शिक्षामा परिर्वतन गर्न सक्ने मन्त्री तिमिल्सिनाले भनाई राखे ।

प्रतिक्रिया

सम्बन्धित खवर