कृष्ण प्रसाद भुसाल
बर्दिया,मंसिर ३/ प्रारम्भिक बाल विकास शिक्षकहरुका लागि क्षमता विकास तालिम सुरु गरिएको छ । प्लान इन्टरनेसनल नेपालको साझेदारी र बाँके युनेस्को क्लबको आयोजनामा प्रारम्भिक बाल विकास शिक्षकहरुका लागि क्षमता विकास तालिम गुलरियामा सुरु भएको हो ।
बाल बिकाशका शिक्षकहरुको क्षमता बिकाश गरि बालबालिका सिकाईमा सुधार ल्याउने उदेस्यले संचालित तालिममा गुलरिया, मधुबन र बढैयाताल गाउँपालिका अन्तर्गतका १५ विधालयका २० जना शिक्षकको सहभागिता रहेको छ ।
सशक्त बालिका परियोजना अन्तर्गत ६ दिन सम्म चल्ने उक्त तालिमको उद्घाटन सत्रमा बाँके युनेस्को क्लबका परियोजना संयोजक गोविन्द प्रसाद लामिछानेले कार्यक्रमको उदेस्य माथि प्रकाश पारेका थिए भने कार्यक्रम संचालन परियोजना अधिकृत इश्वर बिकले गरेका थिए ।
तालिमको पहिलो दिनमा बाल बिकाशको अवधारणा र बाल बिकाश, बाल बिकाशको महत्व, शैक्षिक सामाग्री निर्माण तथा अबधारणा बारे प्रशिक्षक झल कुमारी कार्कीले गरेका थिए ।