मृत अवस्थामा बाघको बच्चा फेला
बिहिबार, मङि्सर ०६, २०८१ मा प्रकाशित

बर्दिया,मंसिर ६ (फरकसमाचार)/ सामुदायिक वनमा मृत अवस्थामा बाघको बच्चा फेला परेको छ । मधुवन नगरपालिका–८ मा स्थित गणेश शिव दुर्गा सामुदायिक वनमा मृत अवस्थामा पाटे बाघको बच्चा मंगलबार दिउँसो फेला परेको हो ।

वनमा घाँस ल्याउन गएका स्थानीयले मृत अवस्थामा बाघको बच्चालाई देखेपछि खाता सव डिभिजनलाई जानकारी गराएका थिए ।

ठुलो बाघकै आक्रमणबाट अन्दाजी एक वर्षको पोथी बाघको बच्चाको ज्यान गएको हुनसक्ने वनकर्मीको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर